बस चढेर ३० किलोमिटरसम्म बाँदर सरर...(भिडियोसहित)
काठमाडौँ । सामान्यतया जङ्गलमा आफ्नै झुण्डमा रमाउने बाँदर सार्वजनिक बस चढेर ३० किलोमिटरको यात्रा गर्यो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । चकचके स्वभावका कारण पनि बाँदरले एउटै बसमा यतिलामो यात्रा गरेको कुरा पत्याउन कठिन हुन्छ ।
तर, भारतको कर्नाटक राज्यमा एउटा बाँदरले ३० किलोमिटर लामो यात्रा बसमा चढेर गरेको छ । त्यो पनि अन्य यात्रुसरह उसले सीटमै बसेर यात्रा गरेको हो ।
उक्त बाँदरको यात्रालाई सो बाँदरको यात्रालाई गणेश नुलागेरी नाम गरेका यात्रीले भिडियोमा समेटेका हुन् । उनले सामाजिक सञ्जालमा राखेपछि अहिले उक्त भिडियो भाइरल भएको छ ।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार उक्त बाँदरले हावेरी बस स्ट्याण्डबाट आफ्नो यात्रा सुरु गरेको थियो । झण्डै ३० किलोमिटरको यात्रापछि सो बाँदर हमसभावी गाउँमा पुगेर बसबाट उत्रिएको बताइएको छ ।
भिडियोमा उक्त बाँदर कहिले झ्यालमा बसेर बाहिरको दृश्य हेरिरहेको तथा कहिले सीटमा बसेको देख्न सकिन्छ । बसमा उक्त बाँदरका लागि दुई वटा सीट खाली छाडिएको थियो । बसमा यात्री भने खचाखच थिए । केही यात्री उभिएर समेत यात्रा गरिरहेको उक्त भिडियोमा देखिन्छ ।
ಕಾಂಗ್ರೆಸ್ ಸರ್ಕಾರದಲ್ಲಿ ಮಹಿಳೆಯರಿಗೆ ಬಸ್ ಪ್ರೀ ಅಂದಿದ್ದರ ಪರಿಣಾಮ
— ಒಕ್ಕಲಿಗ ( Okkaliga ) (@NanuVokkaliga) October 4, 2023
ಹಾವೇರಿ To ಹಿರೇಕೆರೂರಿಗೆ 30 KM ಬಸ್ನಲ್ಲಿ ಪ್ರಯಾಣ ಮಾಡಿದ ಕೋತಿ.
ಟಿಕೆಟ್ ತಗೋ ಅಂದ್ರೆ ನಾನೂ ಹೆಣ್ಣು ಅಂತಂತೆ..!!
ಆಧಾರ್ ಕಾರ್ಡ್ ಎಲ್ಲಿ ಅಂದ್ರೆ ಮರದ ಮೇಲಿದೆ ಅಂತಂತೆ..!!
ಏನೇ ಮಂಗನಿಂದ ಮಾನವ ಅಲ್ಲವೇ ?#Congress #Shakthi #freebus #gurenartes pic.twitter.com/qHyMzt1PoB
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण