सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहीनता बढ्यो : सचेतक बर्तौला
काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुन अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानुन बमोजिम हिँड्न नसकेको बताएका हुन् । उनले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको पनि बताए । उनले सरकारकै कारण देशमा अराजकता र अनुशासनहीनता बढेको बताए ।
सचेतक बर्तौलाले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरू भड्किन थालेको बताए । प्रधानमन्त्रीले नै जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरुप विभिन्न भड्कावहरु देखिन थालेको उनको भनाई छ ।
सचेतक बर्तौलाले सरकार संविधान र कानुन अनुरुप हिँडेर जबाफदेही बनेमा देशको अराजकता र अस्थिरता नियन्त्रण गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण