अब राजासहितको सनातन हिन्दु अधिराज्य : थापा
ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२/०६३ को परिवर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका हुन् ।
अब राजासहितको प्रजातन्त्र , सर्ब धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आवश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिवर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सङ्गै आन्दोलनको व्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरे।
मुलुकमा रहेको ब्रह्मलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरूको सिन्डिकेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । कार्यक्रममा महामन्त्री भास्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसी लगायत भातृ संगठनका प्रमुखहरूले मन्तव्य राखेका थिए । कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण