शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अब राजासहितको सनातन हिन्दु अधिराज्य : थापा

शनिबार, २० असोज २०८०, १७ : २६
शनिबार, २० असोज २०८०

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीको ललितपुर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२/०६३ को परिवर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका हुन् । 

अब राजासहितको प्रजातन्त्र , सर्ब धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आवश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिवर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सङ्गै आन्दोलनको व्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरे। 

मुलुकमा रहेको ब्रह्मलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरूको सिन्डिकेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । कार्यक्रममा महामन्त्री भास्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसी लगायत भातृ संगठनका प्रमुखहरूले मन्तव्य राखेका थिए ।  कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप