इजरायल घटनाप्रति एनआरएनएको भर्त्सना, सम्पर्कविहीन ३ नेपालीको खोजी भइरहेको जानकारी
काठमाडौँ । इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले घोर भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।
'गैर आवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ' ,विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ -'आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्द्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहीन छन् । आक्रमण प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।'
नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैर आवासीय नेपाली सङ्घले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको पनि सङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण