इजरायल घटनाप्रति एनआरएनएको भर्त्सना, सम्पर्कविहीन ३ नेपालीको खोजी भइरहेको जानकारी

काठमाडौँ । इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले घोर भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।
'गैर आवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ' ,विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ -'आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्द्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहीन छन् । आक्रमण प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।'
नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैर आवासीय नेपाली सङ्घले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको पनि सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन