बलिउड नायिका नुसरत सम्पर्कमा आइन्, इजरायलबाट भारत आउने तयारी
आइतबार, २१ असोज २०८०, १२ : ३८
काठमाडौँ । इजरायलमा सम्पर्कविहीन रहेको भनिएकी बलिउड नायिका नुसरत भरुचा सम्पर्कमा आएकी छन् । उनी सुरक्षित रहेको र भारतीय दूतावासको समन्वयमा भारत फर्कन लागेको उनका सहयोगीले जनाएका छन् ।
‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा सहभागी हुन इजरायल गएकी उनी इजरायलमा हमास विद्रोहीले अचानक आक्रमण गरेपछि सम्पर्कविहीन भएकी थिइन् । उनी एउटा बेसमेन्टमा रहेको अवस्थामा पछिल्लो पटक सम्पर्क भएको तर त्यस यता सम्पर्क हुन नसकेको भन्दै उनको टिमका सदस्यले यसअघि जानकारी दिएका थिए ।
तर, हालै उनी सम्पर्कमा आएको र सुरक्षित रहेको बताउँदै उक्त टिमका सदस्यले भारतीय दूतावासको समन्वयमा नायिका भरुचा भारत फर्कन लागेको जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण