इजरायल पुगेकी यी बलिउड अभिनेत्री सम्पर्कविहीन, आफ्नै फिल्मको कथाजस्तै परिस्थिति
काठमाडौँ । इजरायल पुगेकी एक बलिउड अभिनेत्री शनिबारदेखि सम्पर्कविहीन भएकी छन् । हमास र इजरायलबिचको पछिल्लो संघर्षका कारण त्यहाँको अवस्था असामान्य बनेसँगै उनी सम्पर्कविहीन भएकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री नुसरत भरुचा इजरायलमा ‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन गएकी थिइन् ।
उनको टिमकै एक सदस्यले उनी सम्पर्कविहीन भएको जानकारी दिएका हुन् । सुरक्षा उपायका दृष्टिकोणले थप विवरण सार्वजनिक गरिएको छैन । यद्यपि, उनीसँग अन्तिम पटक सम्पर्क हुँदा एक बेसमेन्टमा सुरक्षित रहेको जानकारी आएको तर त्यसपछि भने कुनै सम्पर्क नभएको उनको टिमका सदस्यको भनाइ छ ।
‘अकेली’ फिल्ममा यस्तै परिस्थिति झेलेको युवतीको भूमिकामा थिइन् नुसरत
गत अगस्ट महिनामा नुसरत अभिनित फिल्म ‘अकेली’ प्रदर्शनमा आएको थियो । नुसरतले इन्स्टाग्राममा आफ्ना प्रशंसकका लागि एउटा भिडियो पोस्ट गर्दै लेखेकी थिइन्, ‘अकेली– जीवनको रक्षाका लागि एक साधारण युवतीको लडाइँ ।’
उक्त फिल्ममा एक भारतीय युवतीको संघर्ष देखाइएको छ जो युद्धग्रस्त इराकमा एक्लै फस्छिन् । विभिन्न बाधा–व्यवधानका बाबजुद बाँच्नका लागि ती युवतीले संघर्ष गरेको कथामा आधारित चलचित्र हो – अकेली ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण