डेंगु संक्रमितको संख्या ३५ हजार नाघ्यो
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् ।
तनहुँमा ३ हजार ११७ जना संक्रमित भएका छन् भने मोरङमा २ हजार २७० संक्रमित भएका छन् । यस्तै, कास्की ७६९ जनामा पुष्टि हुँदा काठमाडौँमा ७५१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।
उता सङ्खुवासभामा ४९३ जना संक्रमण पुष्टि हुँदा कैलालीमा ४६७ जनामा संक्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४२ जना पुगेको छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार २१, मधेस प्रदेशमा ५७७, लुम्बिनी प्रदेशमा ५२५ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण