डेंगु संक्रमितको संख्या ३५ हजार नाघ्यो
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् ।
तनहुँमा ३ हजार ११७ जना संक्रमित भएका छन् भने मोरङमा २ हजार २७० संक्रमित भएका छन् । यस्तै, कास्की ७६९ जनामा पुष्टि हुँदा काठमाडौँमा ७५१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।
उता सङ्खुवासभामा ४९३ जना संक्रमण पुष्टि हुँदा कैलालीमा ४६७ जनामा संक्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४२ जना पुगेको छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार २१, मधेस प्रदेशमा ५७७, लुम्बिनी प्रदेशमा ५२५ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजुरबुबा/हजुरआमाको आहारको असर नातिनातिनामा
-
पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)
-
नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा
-
सामसङ ग्यालेक्सी एम५५ ५जी सार्वजनिक
-
दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन
-
पोखरा स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक