शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले बजेटमा कामै गर्न सकेन, राष्ट्र बैंकको कदम स्वागतयोग्य : स्वर्णिम वाग्ले

आइतबार, २१ असोज २०८०, १५ : ०२
आइतबार, २१ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा.स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्  ।

तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे । उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बंैकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए । 

‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहीँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु’ सांसद वाग्लेले भने, ‘यो बजेट म  ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु । धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो । केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो । विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन् । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो । तर त्यो स्पिरिट अनुसार काम भएको छैन ।’ 

राष्ट्र बैंकले भने केही कसिला नीतिहरुलाई खुकुलो गरेको उनले बताए ।  ‘यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बंैकले भने केही कसिला नीतिहरुलाई खुकुलो गरेको छ । त्यसको म स्वागत गर्न चाहन्छु । अर्थतन्त्रमा यसले केही राहत मिलेको छ’ उनले भने, ‘तर आर्थिक दुरावस्थाका लागि खाली केन्द्रिय बैंकलाई मात्रै जिम्मेवार ठह¥याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ । ’

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराएपनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप