असोज २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने
काठमाडौँ । दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको हो ।
उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालयसँगै शाखा कार्यालयसहित इजाजत प्राप्त बैंक तथा वित्तीयको सबै कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने बैंकले जनाएको छ । विगतका वर्षहरुमा जस्तै दसैँ तिहार र छठका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको जनाएको बैंकले प्रतिव्यक्ति १८ हजार ५० रुपैयाँसम्म सटही सुविधा उपलब्ध हुने जनाएको छ ।
बैंकका अनुसार रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक एक बन्डल उपलब्ध हुनेछ । यस्तो नोट सटहीका लागि उपत्यका बाहिर राष्ट्र बैंकको शाखा तथा क्षेत्रीय कायालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरुले तोकेको केन्द्रहरुमार्फत सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण