‘टेरामोक्सले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड गर्दैन’
काठमाडौँ । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ ।
पछिल्लो समय विवादित बनेको टेरामोक्सको प्राविधिक पक्षबारे जानकारी गराउन आइतबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा टेरामोक्सले दूरसञ्चार क्षेत्रको घट्दो आम्दानीको कारण पत्ता लगाउन सहयोग गर्ने र सेवाको गुणस्तर बढाउन सहयोग पुर्याउने दाबी गरिएको हो । टेरामोक्स जडानको जिम्मेवारी पाएको लेबनानको भेराइज सोलुसन्सका प्राविधिकसमेत रहेका मोहम्मद हर्बले यो प्रणाली व्यक्तिको कुराकानी रेकर्ड गर्ने गरी निर्माण नगरिएको बताए । “सेवाप्रदायकबाट प्राप्त तथ्याङ्कको एकमुष्ट ग्रहण गर्ने र त्यसको विश्लेषणमा यो प्रणालीले सहयोग पुर्याउँछ,” उनले भने, “हल्ला भएजस्तो कलको रेकर्ड भने गर्दैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ । आजको गोरखा पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण