इजरायलमा १० नेपाली मारिएकोमा पूर्वराजाद्वारा दुःख व्यक्त
सोमबार, २२ असोज २०८०, १२ : ००
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उनले जनाएका छन् ।
पूर्वराजा शाहका तर्फबाट उनको संवाद सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नु पर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।’
आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजा शाहले प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण