चाडपर्व लक्षित गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था
सोमबार, २२ असोज २०८०, १३ : ४२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित गरेर धरहराभित्र अस्थायी पार्किङको व्यवस्था गरेको छ । निर्माणाधीन अवस्थामा रहेको धरहराको भूमिगत पार्किङलाई चाडपर्वका लागि प्रयोग गर्ने महानगरले व्यवस्था गरेको हो ।
बडा दसैँ, दीपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्र भित्र रहेको भूमिगत पार्किङलाई खुला गरेको हो ।
आइतबारदेखि उक्त स्थानमा निःशुल्क रूपमा अस्थायी पार्किङको व्यवस्था गरिएको काठमाडौँ महानगरले जनाएको छ । चाडपर्वको बेला किनमेल गर्नेहरूको भिडभाड बढी हुने भएको र पार्किङको समस्या देखिने गरेको भन्दै महानगरले अस्थायी पार्किङको व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद
-
लुम्बिनी प्रदेशका तीन औद्योगिक क्षेत्र : बजेट र सरकारी पहलले जगायो निर्माणको आशा, उद्योगी उत्साहित
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान