चाडपर्व लक्षित गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था
सोमबार, २२ असोज २०८०, १३ : ४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित गरेर धरहराभित्र अस्थायी पार्किङको व्यवस्था गरेको छ । निर्माणाधीन अवस्थामा रहेको धरहराको भूमिगत पार्किङलाई चाडपर्वका लागि प्रयोग गर्ने महानगरले व्यवस्था गरेको हो ।
बडा दसैँ, दीपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्र भित्र रहेको भूमिगत पार्किङलाई खुला गरेको हो ।

आइतबारदेखि उक्त स्थानमा निःशुल्क रूपमा अस्थायी पार्किङको व्यवस्था गरिएको काठमाडौँ महानगरले जनाएको छ । चाडपर्वको बेला किनमेल गर्नेहरूको भिडभाड बढी हुने भएको र पार्किङको समस्या देखिने गरेको भन्दै महानगरले अस्थायी पार्किङको व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण