शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मत पारित

सोमबार, २२ असोज २०८०, १७ : ०५
सोमबार, २२ असोज २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित भएको छ ।

सोमबार बसेको प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख नन्दा गुरुङ्गले विधेयक पारित गरियोस्, भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । 

विधेयक पारित भएसँगै कर्णाली प्रदेशको आफ्नो छुट्टै कर्मचारी ऐन बनेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप