इजरायलबाट फर्कन चाहने नेपालीलाई ल्याउन गृह मन्त्रालयले प्रक्रिया अगाडि बढायो
काठमाडौँ । गृह मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउन प्रक्रिया अगाडि बढाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहनेलाई नेपाल ल्याउने निर्णय गरेको थियो । सोही निर्णयहरुलाई मन्त्रालयले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,'यस सम्बन्धमा इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडि बढिसकेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
-
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
-
भिजिट भिसा प्रकरणमा थप सशक्त ढंगले अगाडि बढ्न रास्वपाको निर्देशन
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने