धानमा ‘कालो पोके’ रोग
तुलसीपुर । यहाँका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।
“धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ”, दङ्गीशरण–४ का थम्मनबहादुर रेउलेले भने, “यो वर्ष उत्पादन घट्ने भयो ।” यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ थियो ।
“यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्यो”, स्थानीय जयलाल वलीले भने, “धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।” बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उनको भनाइ थियो ।
कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताए । किसानलाई एग्रोभेटबाट हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उहाँहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाउनुभएको उनले बताए । आगामी वर्ष हाइब्रिट बीउ नलिने र लिए पनि उपचार गरे÷नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो ।
“हाइब्रिट जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ”, डाँगीले भने, “नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।” उनका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ । दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण