मोटरसाइकल एक–आपसमा जुध्दा एक जनाको मृत्यु
बुधबार, २४ असोज २०८०, १४ : ५९
सुनसरी । ईटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका को.२१ प ६४३१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका को.३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक र सवार अन्य १ जनाको इटहरी नितान्त क्लिनिकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
सक्रिय राजनीतिबाट बिदा भए महरा
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण