मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान सरकार असफल भएको ओलीको दाबी

बुधबार, २४ असोज २०८०, १५ : ०४
बुधबार, २४ असोज २०८०

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । 

बुधबार एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका उनले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका हुन् । 

उनले भने, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन ।  

अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्नुअघि जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालय मिथिला भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

एमाले अधिवेशनले मधेस प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले पहिलो पटक प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो । बुधबारदेखि सुरु हुने अधिवेशन दुई दिन चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप