रास्वपा सांसद वाग्लेद्वारा श्रीलंकाली राष्ट्रपतिसँग भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.स्वर्णिम वाग्लेले श्रीलंकाका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेसँग आज शिष्टाचार भेटघाट गरेका छन् । दक्षिण एसियाका प्रबुद्ध कुटनीतिज्ञ, अर्थविद एवं उद्यमीहरुको एउटा विशिष्ट भेलाका लागि श्रीलंकाको भ्रमणमा रहेका वाग्लले राष्ट्रपति विक्रमेसिङ्घेसँग भेटवार्ता गरेका हुन् ।
श्रीलंकाको अर्थतन्त्र र समाधानोन्मुख सङ्कट, लुम्बिनीले गाँसेको नेपाल–श्रीलंका सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे सौहार्दपूर्ण वार्ता भएको डा.स्वर्णिम वाग्लेले बताए । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा.शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्नपनि डा.वाग्लेले आग्रह गरे ।
नेपालको सरकारी पक्षले आफ्नो उम्मेदवारका लागि दह्रो क्षेत्रीय ‘लबिङ्ग’ नगरेको भन्ने चर्चाकाबीच नेपालका एकजना प्रतिपक्षी सांसदले यसरी मित्रराष्ट्रका राष्ट्राध्यक्षसमक्ष गरिएको आग्रह उल्लेखनीय छ।
भेटघाटमा श्रीलंकाली आर्थिक सङ्कटबारे डा.वाग्लेले प्राडा.प्रेमचन्द्र आथुकोरालासँग सह–लेखन गर्नुभएको आफ्नो प्राज्ञिक शोधपत्रको एक प्रतिपनि हस्तान्तरण गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण