हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ
जेनेभा । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ ।
गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ ।
“तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौँ”, निकट र मध्यपूर्वका लागि आइसीआरसीकाका क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भने ।
अन्तर्राष्ट्रिय मानवीय कानूनबमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताए । आइसीआरसीले दुवै पक्षलाई नागरिकहरूको पीडा गर्न आग्रह गरेको छ ।
शनिबार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरिब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ ।
हमासले इजराइली आक्रमणमा चार जना बन्धक मारिएको बताएको छ । साथै उसले बिना चेतावनीपूर्व नागरिकहरूमा लक्ष्य बनाएमा अरुलाई मार्ने चेतावनी दिएको छ ।
टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता सुरु गरेको बुधबार सरकारी स्रोतले एएफपीलाई बताएको छ । शनिबारदेखि जारी युद्धमा दुवै पक्षका गरी हजारौँको ज्यान गएको छ । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण