शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गा मूर्ति सिँगार्न भ्याइ नभ्याइ, तस्बिरहरू
फोटोफिचर

दुर्गा मूर्ति सिँगार्न भ्याइ नभ्याइ, तस्बिरहरू

बिहीबार, २५ असोज २०८०

काठमाडौँ । आइतबारदेखि सुरु हुने नवरात्रीको लागि मूर्तिकारहरू दुर्गा मूर्तिको सिँगार्न व्यस्त छन् । ग्राहकहरूले दिएको अर्डर पुरा गरी डेलिभरी दिनको लागि उनीहरू अहिले रफ्तारमा काम गरिरहेका छन् ।

नवरात्रीमा देवी दुर्गाको मूर्तिहरू विभिन्न स्थानमा पण्डाल बनाएर पूजा गर्ने चलन रहेको छ । एक सेटमा करिब १० मूर्ति हुने गर्छन् र यसलाई तयार पार्नको लागि ३ देखि ४ हप्ता लाग्ने गर्छ ।

अहिले मूर्तिकारहरू मूर्तिको सिँगार्न व्यस्त छन् । शुक्रवार र शनिवारदेखि नै अर्डर दिएका ग्राहकहरू आउन सुरु गर्ने भएकाले व्यस्तता बढेको मूर्तिकारहरू बताउँछन् ।

सामान्य काठ, सुतली, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । यसरी मूर्ति बनाउन चाहिने कच्चा पदार्थ खरिद गरी ल्याउनुपर्ने र आवश्यक माटो जहाँ त्यहीँ नपाइने भएकाले समस्या हुने गरेको मूर्तिकारहरू बताउँछन् । घटस्थापनादेखि पूजा गर्ने गरेको माता दुर्गाको मूर्ति दसैँको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया