कान्ति बाल अस्पतालमा आइतबार ओपिडी सेवा बन्द
शुक्रबार, २६ असोज २०८०, १६ : ३३
काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार सूचना जारी गरी घटस्थापनाको अवसरमा आइतबार (सार्वजनिक बिदा) ओपिडी सेवा बन्द गर्ने जानकारी दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने सूचनामा उल्लेख छ ।
‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्वन्धित सबैलाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण