सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि

शुक्रबार, २६ असोज २०८०, २३ : १२
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  यससँगै गएको आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको  ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । 

यो अवधिमा संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ६७ जिल्लामा फैलिएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी संक्रमण पुष्टि कोशी प्रदेशमा भएको छ भने त्यसपछि पछिल्लो दुई सातायता संक्रमित सङ्ख्या गण्डकी प्रदेशमा बढेको छ ।

कोशी प्रदेशमा हालसम्म २३ हजार ९५९ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ७ हजार ७९६ जना संक्रमित भएका छन् ।

त्यस्तै बाग्मती प्रदेशमा ४ हजार ९४० संक्रमित भएका छन् । यस्तै, क्रमशः १ हजार १४२ सुदूरपश्चिम प्रदेश, ६७२ लुम्बिनी, ५९० मधेस, र १३१ कर्णाली प्रदेश संक्रमण पुष्टि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप