शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा खुल्यो पहिलो मल्टीप्लेक्स हल ‘भीएफएक्स सिनेमाज्’

शुक्रबार, २६ असोज २०८०, १८ : २६
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी दाङमा पहिलो मल्टीप्लेक्स हल संचालनमा आएको छ । विजय रावत र चेतन जंग रानाले २० करोड लगानी गरेर निर्माण गरेको ‘भीएफएक्स सिनेमाज’ नाम रहेको हल शुक्रबारबाट संचालनमा आएको हो ।

शुक्रबारबाट प्रदर्शन थालनी गरेको हलमा फिल्म ‘परदेशी २’ लागेको छ । दुईवटा अडिटोरियम रहेको हलमा कूल सीट क्षमता ४१२ छ । 

हलको निर्माण कार्य ३ वर्ष अगाडि सुरु भएको थियो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माणमा ढिलाइ भएको हलमा थ्रीडीसहित सबै फिल्म चलाइने सञ्चालक रावतले बताए । विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने उनको भनाई छ ।

नेपाली फिल्मको राम्रो बजार मानिएको दाङमा यसअघि गणेश हल, मनकाँशी हल र स्वर्गद्वारी हल गरि तीन हल सञ्चालनमा छन् । कोरोना महामारीभन्दा अगाडि दाङमा ९ वटा हल थिए । अहिले ६ वटा (निमा, विष्णु र ओम शान्ति, सत्यसाई, भोले, महालक्ष्मी) हल सञ्चालनमा छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप