शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व नगरप्रमुख पौडेलको अन्त्येष्टि

शुक्रबार, २६ असोज २०८०, १९ : ३०
शुक्रबार, २६ असोज २०८०

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डा. कृष्ण पौडेलको आज (शुक्रबार) अन्तिम संस्कार गरिएको छ । हृदयाघातका कारण निधन भएका पौडेलको  दुधौराखोलामा शुक्रबार अन्तिम संस्कार गरिएको हो । 

अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जली अर्पण गर्न पूर्वमन्त्री एवं  बारा ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षासेवी  लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।  

अन्तिम संस्कार पूर्व पौडेलको पार्थिव शरीरलाई वडा नं २ को वडा कार्यालयअगाडि राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली सभामा पूर्वमन्त्री एवं नेकपा एमालेका पुरुषोत्तम पौडेल, प्रतिनिधि सभाका सदस्य अच्युत मैनाली  लगायतका एमाले नेता कार्यकर्ताद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि शव यात्रासहित सिमरा बजार परिक्रमा गर्दै दुधौरा खोलामा अन्तिम संस्कार गरिएको थियो । 

पूर्व नगरप्रमुख  पौडेलको निधनले सिंगो उपमहानगर शोकाकुल बनेको छ । बिहीबार आफ्नै घरमा हृदयाघातका कारण पौडेलको निधन भएपछि जीतपुर सिमरा शोकाकुल बनेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप