चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु
बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्रमार्फत कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रम सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आज अस्पतालमा सबल केन्द्रको उद्घाटन गर्दे चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउने बताए ।
नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको जनाएका थिए । सोही क्रममा नागरिकको सेवाका लागि चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेको उनको भनाई रहेको छ । बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउन्डेसनले महत्त्वपूर्ण योगदान दिएको बताए ।अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
ललितपुरमा घर बनाउन कडा नियम : सेप्टिक ट्याङ्कदेखि दुई रुखसम्म
-
वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
-
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण