प्रदेश संरचना खारेज गरौँ, दुई तहको सरकार बनाऔँ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो ।
पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनी प्रश्न समेत गरे ।उनले भने, ‘यो बिचको प्रदेश संरचना आवश्यक छैन । यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ । नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ । कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने ? नेपाल जस्तो सानो देशमा किन सयभन्दा बढी मन्त्रीहरू चाहिन्छ भन्नु त ? अहिले हरेक प्रदेशमा १०/१२ जना मन्त्रीहरू छन् । किन झन्डै सय जना मन्त्रीहरू चाहियो ? हाम्रो जस्तो सानो देशमा ५/७ सयको सङ्ख्यामा किन सांसदहरू चाहियो भन्नुस् ? चाहिँदैन । त्यसकारण अर्बौँ रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरूलाई पालेर राख्नुपर्ने जरुरी छैन । त्यसर्थ, दुई तहको सरकार बनाऔँ भन्ने हाम्रो धारणा हो ।’
अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गरे । ‘म फेरि पनि यो आमसभाको माध्यमबाट काँग्रेस, एमाले र माओवादीका नेताहरूलाई भन्न चाहन्छु–हामीले कुनै अतिवादी कुरा गरेका छैनौँ । कुनै प्रतिगामी कुरा गरेका छैनौँ । हामीले सबै नेपाली अटाउने व्यवस्था बनाऔँ भनेको हो । के त्यो अपराध हो ? सनातन धर्म, संस्कृतिको संरक्षण गरौँ भन्नु अपराध हो ? तसर्थ, वर्तमान भ्रष्ट व्यवस्थामा सुधारका निमित्त तयार हुन म सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु । तर तपाईँहरू अब चुप लागेर बस्नुभयो भने अब नेपाली जनता चुप लागेर बस्दैन,’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण