योगाभ्यासले काम कारबाहीलाई परिणाममुखी बनाउन सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पुर्याउने बताएका छन् ।
गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक दिवसीय ‘स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’ उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जीवनलाई गतिशील बनाउनका लागि सबैले योगाभ्यास गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत, गृह मन्त्रालयका सहसचिव तथा गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीको सहभागिता थियो । गृहमन्त्री श्रेष्ठको निर्देशनमा हाल काठमाडौँ उपत्यकाभित्रका गृह मन्त्रालय मातहतका कार्यालयमा दैनिक योगाभ्यास सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण