प्रदेश
मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
सोमबार, २९ असोज २०८०, १५ : ०४
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन् । विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।
विश्वासको मत प्राप्त गर्न कार्कीले एमाले र गठबन्धनमा आबद्ध दलहरुबीच पनि छलफल गर्ने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण