अभिनेत्री प्रिया प्रकाश वारियरले गुपचुप गरेकी हुन त बिहे ?
मङ्गलबार, ३० असोज २०८०, १३ : ०७
काठमाडौं । दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरले गुपचुप तरिकाले बिहे गरेको दाबी गरिएको छ । उनी सन् २०१९ मा आँखा झिम्क्याएको दृश्यबाट रातारात सेन्सेशन बनेकी थिइन् ।
तर त्यसयता उनी खासै लाइमलाइटमा आइनन् । प्रियाले हालै आफ्नो नयाँ तस्विर सार्वजनिक गरेकी छिन् । यो तस्विरमा उनको सिउँदोभरि सिन्दुर छ ।
तस्विरमा उनले पारम्परिक कसावु साडी लगाएर तलाउमा फरक फरक अन्दाजमा फोटो खिचाएकी छिन् । यो तस्वीर साँच्चै बिहेपछि खिचेको हो वा कुनै फिल्मको हो यो रहस्य केही दिनपछि बाहिरिएला । उनी आफै भने यसबारे केही बोलेकी छैनन् ।
अन्तिम पटक प्रिया समुचिरकानीद्वारा निर्देशित तेलुगु फिल्म बीआरओमा पवन कल्याण र साई धर्म तेजसँग देखिएकी थिइन् । हाल उनी यारिया २ मा खेल्ने तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण