प्रदेश
कोशी प्रदेश : राप्रपा तटस्थ बस्ने
मङ्गलबार, ३० असोज २०८०, १९ : २०
विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने पक्षमा मतदान नगर्ने जनाएको हो ।
‘हामीले कुनै निर्णय गरेका छैनौँ,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ । भोलि बिहान १० बजे संसदीय दलको बैठक राखेका छौँ, त्यसले थप निर्णय गर्छ ।’
एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा ९माओवादी केन्द्र०ले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ । गठबन्धनको निर्णय विपरीत नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण