वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्सद्वारा २ सय ४६ रनको लक्ष्य प्रस्तुत
मङ्गलबार, ३० असोज २०८०, १९ : ३९
धर्मशाला । वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाविरुद्ध २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण