वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्सद्वारा २ सय ४६ रनको लक्ष्य प्रस्तुत
मङ्गलबार, ३० असोज २०८०, १९ : ३९

धर्मशाला । वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाविरुद्ध २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बढ्दै गर्मी (तस्बिरहरू)
-
भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन कांग्रेस तयार नभएपछि रास्वपासँगको छलफल निष्कर्षविहीन
-
यी हुन् त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटाइएका ८ उपसचिव (सूचीसहित)
-
मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु
-
विमानस्थल अध्यागमनमा दरबन्दीभन्दा बढी उपसचिव, दुई सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र
-
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली काठमाडौँ प्रस्थान