दसैँमा घर जाने सैनिक परिवारलाई निःशुल्क यातायात सुविधा
मङ्गलबार, ३० असोज २०८०, २१ : ०८
काठमाडौँ । बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सैनिक र उनीहरुका परिवारले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । सडक मार्गमा बस र दुर्गममा हवाई उडान मार्फत घर जान यातायात सुविधा उपलब्ध गराउने निर्णय गरिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
बडादसैँमा घर जाने सैनिक तथा परिवारका सदस्यहरुले असोज २१ बाट नै यात्रा गर्न थालेका छन् ।
सहुलियत यातायात सुविधा कार्तिक २ गतेसम्म संचालन हुनेछ । सैनिक प्रवक्ता भण्डारीका अनुसार मंगलबार सम्ममा बस मार्फत ४ सय २१ जना र हवाई उडान मार्फत ६ सय ५ जनाले यात्रा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण