दसैँमा घर जाने सैनिक परिवारलाई निःशुल्क यातायात सुविधा
मङ्गलबार, ३० असोज २०८०, २१ : ०८

काठमाडौँ । बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सैनिक र उनीहरुका परिवारले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । सडक मार्गमा बस र दुर्गममा हवाई उडान मार्फत घर जान यातायात सुविधा उपलब्ध गराउने निर्णय गरिएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
बडादसैँमा घर जाने सैनिक तथा परिवारका सदस्यहरुले असोज २१ बाट नै यात्रा गर्न थालेका छन् ।
सहुलियत यातायात सुविधा कार्तिक २ गतेसम्म संचालन हुनेछ । सैनिक प्रवक्ता भण्डारीका अनुसार मंगलबार सम्ममा बस मार्फत ४ सय २१ जना र हवाई उडान मार्फत ६ सय ५ जनाले यात्रा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने