आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इन्स्पेक्टर मोहम्मद कलिम अञ्जुमलाई ‘पूर्ण शान्ति’ पुरस्कार

मङ्गलबार, ३० असोज २०८०, २१ : ४९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । यसवर्षको पूर्ण शान्ति पुरस्कार इन्स्पेक्टर मोहम्मद कलिम अन्जुमलाई प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्पेक्टर अञ्जुमलाई पुरस्कार प्रदान गरेका हुन् । इन्स्पेक्टर अञ्जुम विशेष ब्यूरोमा कार्यरत छन् । 

‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार वरिष्ठ प्रनानी दुर्गा कुमार योञ्जनलाई प्रदान गरिएको छ । योञ्जन केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)मा कार्यरत छन् ।  

क्रिकेटर दिपेन्द्र सिंह ऐरी यसवर्ष नेपाल प्रहरीको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा ऐरीलाई प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट खेलाडीको अवार्ड र नगद पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन ऐरीले १९ औं एसियन गेम अन्तर्गत टि–२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । नौ बलमा उनले अर्धशतक पुरा गरेर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् । 

यसवर्ष सगरमाथा आरोहण गरेका वरिष्ठ प्रनानी पुरुषोत्तम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरिएको छ । 

भर्खरै चिनमा सम्पन्न १९ औं एसियन खेलकुदमा कराँतेमा रजत जित्न सफल कराँते खेलाडी एरिका गुरुङ, कबड्डीमा कास्य पदक जित्न सफल प्रहरी सहायक हवल्दारहरु नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरीलाई प्रधानमन्त्रीले नगद तथा सम्मान पत्र प्रदान गरेका छन् । 

नेपाल प्रहरीले यसवर्षको ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ पूर्व इन्स्पेक्टर कोमल बहादुर थापालाई  प्रदान गर्ने निर्णय गरेका छ । प्रधानमन्त्री प्रचण्डले उनलाई अवार्डले सम्मान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप