पार्टीभित्र अन्तरसम्बन्ध र संवादको खाँचो छ : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पार्टीमा अन्तरसम्बन्ध र संवाद कम नभएको बताएका छन् । भक्तपुरमा आयोजित 'स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध' बिषयक अभिमुखिकरण कार्यक्रम पार्टी र स्थानीय तहबीच समन्यव हुन जरुरी रहेको उनले बताए ।
'नेपाली कांग्रेसको जग भनेकै स्थानीय तह हो । नेपाली कांग्रेसको रुखको जरा बलियो बनाउनुपर्छ । स्थानीय तहका जनप्रतिनिधिले जनताको पक्षमा निष्ठापूर्वक काम गरे कांग्रेस बलियो हुन्छ,' उनले भने ।
जनतामा दिनदिनै बढ्दै गएको निराशमा भरोसा र विश्वास कांग्रेसले जगाउनुपर्ने सभापति बानियाँको भनाइ छ । 'कम्तिमा महिनाको एक पटक कांग्रेसबाट जितेका स्थानीय तहका जनप्रतिनिधि र पार्टीको कार्यसमितिबीच अन्तरसम्बध र संवादको खाँचो छ । यसले हामीबीचको तिक्तता एकतामा बदलिन्छ । त्यो एकताले कांग्रेस मजबुद हुन्छ,' उनी भन्छन् ।
पार्टीले दिएको निर्णय र निर्देशन नमान्ने भएपछि अराजकता निम्तिने उनको चिन्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण