बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीभित्र अन्तरसम्बन्ध र संवादको खाँचो छ : सभापति बानियाँ

बुधबार, ०१ कात्तिक २०८०, ०७ : ४०
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पार्टीमा अन्तरसम्बन्ध र संवाद कम नभएको बताएका छन् । भक्तपुरमा आयोजित 'स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी  संगठनबीचको अन्तरसम्बन्ध' बिषयक अभिमुखिकरण कार्यक्रम पार्टी र स्थानीय तहबीच समन्यव हुन जरुरी रहेको उनले बताए ।

'नेपाली कांग्रेसको जग भनेकै स्थानीय तह हो । नेपाली कांग्रेसको रुखको जरा बलियो बनाउनुपर्छ । स्थानीय तहका जनप्रतिनिधिले जनताको पक्षमा निष्ठापूर्वक काम गरे कांग्रेस बलियो हुन्छ,' उनले भने ।

जनतामा दिनदिनै बढ्दै गएको निराशमा भरोसा र विश्वास कांग्रेसले जगाउनुपर्ने सभापति बानियाँको भनाइ छ । 'कम्तिमा महिनाको एक पटक कांग्रेसबाट जितेका स्थानीय तहका जनप्रतिनिधि र पार्टीको कार्यसमितिबीच अन्तरसम्बध र संवादको खाँचो छ । यसले हामीबीचको तिक्तता एकतामा बदलिन्छ । त्यो एकताले कांग्रेस मजबुद हुन्छ,' उनी भन्छन् ।

पार्टीले दिएको निर्णय र निर्देशन नमान्ने भएपछि अराजकता निम्तिने उनको चिन्ता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप