आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगटीबाट सुन बरामद गर्ने इन्स्पेक्टर बने बागमती प्रदेशको उत्कृष्ट अनुसन्धानकर्ता

बुधबार, ०१ कात्तिक २०८०, १० : ५१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा कार्यरत प्रहरी निरीक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । ६८ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

असोज ११ मा इन्स्पेक्टर लामा नेतृत्वको टिमले सिंगटीबाट ४ किलो सुन बरामद गरेको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ किलो र तेस्रो पटक लामा बगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद भएको थियो ।

दोलखाको सिंगटी र लामा बगरबाट बरामद गरिएको ११ किलो सुनको भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुन प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर लामालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट व्यवस्थापकका रूपमा धादिङका एसपी गौतम मिश्र, उत्कृष्ट विपद् व्यवस्थापकको अवार्डबाट बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत सहायक हवलदार सुमन रायमाझी र उत्कृष्ट बाह्य प्रशिक्षकबाट जवान लक्ष्मी कुमारी थारुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्राविधिक प्रहरी जवान सविन कुमार र उत्कृष्ट कार्यालय सहयोगी तर्फ सन्तोष राना मगर पुरस्कृत भएका छन् । मकवानपुरका एसपी सिताराम रिजाललाई प्रशंसापत्र प्रदान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्कृष्ट प्रहरीहरूलाई पुरस्कृत गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप