राष्ट्रिय फिल्म अवार्ड : आलिया र कृति उत्कृष्ट अभिनेत्री, अभिनेतामा अल्लु अर्जुन
मुम्बई । ६९ औं राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्री अवार्ड आलिया भट्ट र कृति सेनन प्राप्त गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले अवार्डका विजेतालाई पुरस्कार प्रदान गरेकी थिइन् ।
समारोहमा अभिनेत्री कृतिले फिल्म ‘मिमी’ बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । कृति झै अभिनेत्री आलियाले पनि ‘गंगुबाई काठियावाडी’ फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड थापेकी हुन् । ‘यो सबैका लागि भगवान्, दर्शक र फ्यानलाई धन्यवाद दिन्छु,’ पुरस्कारपछि कृतिले भनेकी छन् ।

सेलिब्रेटीको बाक्लो उपस्थिती रहेको समारोहमा फिल्म ‘पुष्पा: द राइज’बाट अभिनेता अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे । आर माधवन निर्देशित ‘रकेट्री: द नाम्बी इफेक्ट’ ले सर्वश्रेष्ठ फिल्मको पुरस्कार जितेको समारोहमा विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ ले नरगिस दत्तलाई समेत अवार्ड दिलायो ।
सोही अवसरमा वाहिदा रेहमानलाई दादा साहेब फाल्खे दीर्घ साधना सम्मान समेत प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण