चाडपर्वमा बजार अनुगमन गर्न गण्डकीमा बन्यो संसदीय समिति
पोखरा । चाडपर्वका समयमा महँगी र अखाद्य बस्तुको बिक्री वितरण रोक्न गण्डकी प्रदेशमा संसदीय समिति गठन भएको छ । अर्थ तथा विकास समितिको बैठकले सांसद गणेशमान गुरुङको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरेको हो ।
समितिको सदस्यमा प्रकाश बराल र हरिबहादुर भण्डारी छन् । उनीहरुले सरोकारवालासँग समन्वय गरेर बजारमा सबै प्रकारको अनुगमन गरी समितिलाई प्रतिवेदन बुझाउनुपर्ने छ । समितिका सभापति भोजराज अर्यालले कालोबजारी र सिण्डिकेट रोक्नका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेको बताए । समितिले बुधबार सरोकारवालासँग अन्तर्क्रिया समेत गरेको छ ।
चाडपर्वको समयमा हुने दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्य वृद्धि, कृत्रिम अभाव, कालोबजारी लगायत क्रियाकलाप बढेको गुनासो आएपछि अनुगमनमा छुट्टै समिति बनाइएको हो । यस्तै सडक तथा यातायात व्यवस्थापन लगायतका विषयमा पनि समितिले काम गर्नेछ । बैठकमा सहभागी सांसदहरुले सरोकारवाला र उपभोक्तामा यसबारे सचेतना कम भएको बताए । उनीहरुले अनुगमनका लागि बलियो संयन्त्र गठन गरिनुपर्ने र चाडपर्व बाहेक अन्य समयमा पनि अनुगमनलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण