चाडपर्वमा बजार अनुगमन गर्न गण्डकीमा बन्यो संसदीय समिति

पोखरा । चाडपर्वका समयमा महँगी र अखाद्य बस्तुको बिक्री वितरण रोक्न गण्डकी प्रदेशमा संसदीय समिति गठन भएको छ । अर्थ तथा विकास समितिको बैठकले सांसद गणेशमान गुरुङको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरेको हो ।
समितिको सदस्यमा प्रकाश बराल र हरिबहादुर भण्डारी छन् । उनीहरुले सरोकारवालासँग समन्वय गरेर बजारमा सबै प्रकारको अनुगमन गरी समितिलाई प्रतिवेदन बुझाउनुपर्ने छ । समितिका सभापति भोजराज अर्यालले कालोबजारी र सिण्डिकेट रोक्नका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेको बताए । समितिले बुधबार सरोकारवालासँग अन्तर्क्रिया समेत गरेको छ ।
चाडपर्वको समयमा हुने दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्य वृद्धि, कृत्रिम अभाव, कालोबजारी लगायत क्रियाकलाप बढेको गुनासो आएपछि अनुगमनमा छुट्टै समिति बनाइएको हो । यस्तै सडक तथा यातायात व्यवस्थापन लगायतका विषयमा पनि समितिले काम गर्नेछ । बैठकमा सहभागी सांसदहरुले सरोकारवाला र उपभोक्तामा यसबारे सचेतना कम भएको बताए । उनीहरुले अनुगमनका लागि बलियो संयन्त्र गठन गरिनुपर्ने र चाडपर्व बाहेक अन्य समयमा पनि अनुगमनलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी