आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार, ०२ कात्तिक २०८०, ११ : १३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा ५०० ले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम थियो ।
 

यस्तै, तोलामा १५ रुपैयाँको गिरावटसँगै चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप