मिडिया सोसाइटीको आक्षेपप्रति पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्काशन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानुनी अधिकारका साथै नेपाल पत्रकार महासङ्घमाथि प्रहार गर्ने उद्देश्यले प्रेरित रहेको निष्कर्ष निकालेको छ ।
“कान्तिपुरमा कार्यरत ८२ जना पत्रकारलाई श्रमजीवी पत्रकार ऐनको विरुद्ध निष्काशन र सरुवा गरिएको विषयलाई बिर्सिएर महासङ्घ विरुद्ध गरिएका अनेकौँ कुतर्कको कुनै अर्थ नरहने स्पष्ट छ । सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न महासङ्घ आवश्यक ठान्दैन, सोसाइटीमा आबद्ध सदस्य संस्थामा श्रमजीवी ऐनलगायतका कानुन पालना नभएकाबारे महासङ्घमा गुनासो छ”, विज्ञप्तिमा भनिएको छ ।
श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासङ्घले सोसाइटीको ध्यानाकर्षण गराएको छ । साथै, केही दिनदेखि विभिन्न नाममा महासङ्घ विरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर सङ्कटमा परेको महासङ्घको निष्कर्ष छ ।
“नेपाल पत्रकार महासङ्घले कान्तिपुर मिडिया ग्रुपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको छ, कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी गराइन्छ, दसैँ बिदा पश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाई जोड्दै थप सशक्त र परिणाममूखी बनाइने छ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण