हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने
काठमाडौँ । भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्डेयाले जारी आईसीसी एकदिवसीय विश्वकपको न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड र भारतबिचको खेल आइतबार धर्मशालामा खेलिने छ ।
३० वर्षीया हार्दिक बंगलादेशविरुद्ध बिहीबार खेलिएको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको समाचारमा जनाइएको छ । उक्त खेलमा भारतले बंगलादेशलाई हराएको थियो ।
‘चोटका कारण हार्दिक पाण्डेया न्युजिल्यान्डविरुद्धको खेलमा उपस्थित हुने छैनन् । इङ्ल्यान्डविरुद्धको खेलमा भने उनी टोलीमा फर्कने सम्भावना छ । हाल उनी चिकित्सकको निगरानीमा छन्,’ बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बंगलादेशविरुद्धको खेलको नवौँ ओभरमा फिल्डिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए ।
हार्दिक पाण्डेयाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ८४ विकेट लिइसकेका छन् । उनले टेस्टमा १७ र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ विकेट लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय खेलमा एक हजार सात सय ६९ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण