आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक टी—२० क्रिकेट

नेपालले तेस्रो विकेट गुमायो

शनिबार, ०४ कात्तिक २०८०, ११ : ३८
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गरिरहेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । 

नेपालले तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । विकेटकिपर ब्याट्सम्यान आसिफ १३ बलमा चार चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका हुन् । हङ्कङका बलर आयुष शुक्लाले आफ्नै बलिङमा आफैले उनको क्याच लिएका थिए । आसिफ आउट हुँदा नेपालले ६ ओभरमा ४० रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप