आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा १३ प्रतिशत धेरै

शनिबार, ०४ कात्तिक २०८०, १५ : ३९
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । दौडिँदा वा कठोर परिश्रम गरेपछि आफ्नो मुड फेरिएको महसुस गर्नु भएको छ ? यसलाई ‘रनर्स हाई’ भनिन्छ । मेहनत गर्दाको फाइदा अनेक छन् । तर नगर्दाको घाटा धेरै छन् । हालै सार्वजनिक भएको एउटा अनुसन्धानअनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नु भनेको डिमेन्सिया अर्थात् बिर्सने रोगको खतरा बढाउनु हो । त्यस्ता व्यक्तिको दिमागमा कग्निटिभ फङ्शन समयभन्दा अगावै बुढो हुन्छ । यो अनुसन्धानमा बेलायतका ४९ हजार ८४१ मानिसको अध्ययन गरिएको थियो ।

लामो समयसम्म बसिरहनु पर्ने काम गर्नेमा क्यान्सरको खतरा १३ प्रतिशत धेरै

नेशनल लाइब्रेरी अफ मेडिसिन’को एउटा अध्ययनअनुसार लामो समयसम्म बसेर काम गर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा प्रतिवेदनअनुसार लामो समयसम्म बसिरहने र कुनै पनि शारीरिक गतिविधि नगर्ने गर्दा मोटोपना, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, हाइपरटेन्शन, इन्फ्लेमेशन, मुटुसम्बन्धी रोगहरूको जोखिम बढ्छ ।

कुर्सीमै बसेरै काम गर्नेहरूले डाढलाई सर्पोट हुने गरी बस्नु पर्छ । कुर्सीमा तकिया वा कुसन राखेर कम्मरलाई सहारा दिएर पनि बसाइको आसन सही बनाउन सकिन्छ  । कम्प्युटरको स्क्रिनलाई आँखाको सिधा हुने गरी राख्नुहोस् ताकि गर्धन र आँखामा कम दबाब परोस् । खुट्टालाई जमिनमा टाँसेर राख्नुहोस् । हरेक एक घण्टामा आफ्नो कुर्सीबाट उठेर टहल्ने वा शरीरलाई तन्काउने गर्नुहोस् । लन्च ब्रेक वा कामको बिचमा पनि एउटै ठाउँमा बसिरहनु होस् यताउति डुलेर आउनुहोस् । अफिसमा पनि लिफ्टको सट्टा भर्याङ्गको प्रयोग गर्नुहोस् । हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस् । खानामा चिनी र जङ्क फुड सकेसम्म कम गर्नुहोस् । फलफूल र तरकारी धेरै खानुहोस् । पानीको मात्रा बढाउनुहोस् । वर्किङ आवरमा कम्तीमा २ लिटर पानी पिउनुहोस् ।

कार्यालयमा मात्रै होइन घरमा पनि एकै ठाउँमा बस्दा ‘काउच पोटेटो’को खतरा बढ्छ । घन्टौं एकै ठाउँमा बसेर टिभी हेर्ने वा मोबाइल हेर्ने बानीले शरीरमा प्रतिकूल असर पार्न सक्छ । डब्ल्यूएचओका अनुसार विश्वभरमा ८० प्रतिशत किशोरहरु शारीरिक रूपमा बिल्कुल सक्रिय छैनन् । फिजिकल एकिटभिटी दिमागका लागि पनि फाइदाजनक छ । यसले शरीरमा नेचुरल एन्टि डिप्रेसेन्टको काम गर्छ । दिनहुँ व्यायाम गर्दा रक्त धमनीहरूले पनि ज्यादा क्षमतामा काम गर्न सक्छन् । दिमागमा धेरै रगत पुग्छ अनि स्वस्थ रहन मद्दत मिल्छ ।

नियमित अभ्यासले स्मरण शक्ति बढाउन मद्दत मिल्छ । एकाग्रता शक्ति बढ्छ । मल्टिटास्किङ क्षमता बढ्छ । मुड ‘फ्रेस’ राख्न मद्दत मिल्छ । हेर्नु त फिजिकल एीक्टभिटीको फाइदा कति धेरै छन् । यो पढ्दाखेरि तपाईँको मनमा ओहो कति धेरै  फाइदा भन्ने आएको होला । सोच्न बन्द गर्नुस् । उठ्नुहोस् जुत्ता लगाउनुस् अनि बाहिर दौडिएर आउनुस् । दौडिन जाँगर छैन भने एक क्षण कतै टहलिएर आए पनि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप