कास्कीकोट दरबारमा भित्र्याइयो फूलपाती
पोखरा । शहवंशीय शासनको पहिलो दरबार कास्कीकोटमा फूलपाती भित्र्याइएको छ । विश्व शान्तिको कामना गर्दै दरबारमा नवदुर्गा महोत्सव चलिरहेको छ । शनिबार विधिवत् रूपमा पूजाआजासहित फूलपत्रको डोली प्रवेश गराइएको हो ।
कास्कीकोटमा पोखरा रामघाटबाट फूलपत्र लैजाने प्रचलन छ । फूलपत्र भित्र्याएसँगै यहाँका कुँवर जातिले सैन्य अभ्यास गर्ने सरुन खेल देखाएका थिए । गुप्तकालिका काश्यप धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष पुरानो रीतिलाई जोगाइराख्न प्राचीन शैलीबाटै दसैँ मनाउने गर्छ ।
पहिले देश र जनताको तथा राजाको भलो सोचेर गरिने तान्त्रिक तथा वैदिक पूजा यो वर्ष विश्वमा भइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामना गरिएको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए ।
गुप्तकालिका मन्दिरमा परापूर्वकाल देखि पर्व विशेषमा विभिन्न पूजा गर्ने चलन रहेको सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । यस वर्ष १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण