विवादबिच एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार
शनिबार, ०४ कात्तिक २०८०, २० : १५
_FnNBsTgvjJ.jpg)
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।
त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए ।
यता निर्वाचन कार्यक्रम स्थगित भएको सर्कूलर जारी हुँदा पनि शपथ लिएको भन्दै असन्तुष्ट समूहले छुट्टै पत्रकार सम्मेलन गरेर छुट्टै कमिटी घोषणा गर्ने संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने
-
‘सिनेमाका नायकनायिका, गायकगायिकाजस्तै देश–विदेश भ्रमण गर्दै कविहरू’
-
सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेन : मुख्यमन्त्री लामा
-
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
-
पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल
-
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ