पूर्वराजा शाहले भने, ‘छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्’
मङ्गलबार, ०७ कात्तिक २०८०, १७ : ४९
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टिका लगाइदिँदै उनले यस्तो बताएका हुन् ।
उनले व्यङ्ग्यात्मक रूपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे । उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा दसैँको शुभकामना दिए । उनले यसअघि अपराह्न पौने चार बजेबाट आम सर्वसाधारणलाई दसैँको टिका लगाइदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण