सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा शाहले भने, ‘छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्’

मङ्गलबार, ०७ कात्तिक २०८०, १७ : ४९
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टिका लगाइदिँदै उनले यस्तो बताएका हुन् । 

उनले व्यङ्ग्यात्मक रूपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे । उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा दसैँको शुभकामना दिए । उनले यसअघि अपराह्न पौने चार बजेबाट आम सर्वसाधारणलाई दसैँको टिका लगाइदिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप