मेरिल स्ट्रिपले ४५ वर्षको वैवाहिक सम्बन्ध तोडिन्
लस एञ्जलस । पश्चिमी समाजमा सम्बन्ध विच्छेद नौलो कुरा होइन । बिहे भन्दा धेरै सम्बन्ध विच्छेद हुन्छन् त्यहाँ । तर कसैले बिहे गरेको ४५ वर्षपछि सम्बन्ध विच्छेद गरेको खबर चाँहि हत्तपत्त सुन्न पाइदैंन । हलिउडमा भर्खरै यस्तै भएको छ ।
हलिउडको इतिहासमा सबैभन्दा धेरै पटक एकेडेमी अवार्डको लागि मनोनीत अनि तीन पटकको एकेडेमी अवार्ड विजेता चर्चित अभिनेत्री मेरिल स्ट्रिपले आफ्नो ४५ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी छिन् । स्ट्रिपले पति डन गमरसँगको ४५ वर्षदेखिको सम्बन्ध अन्त्य गरेकी छिन् । यी दुईको बिहे सन् १९७८ मा भएको थियो । यी दुईको जोडी हलिउडमा सबैभन्दा चार्मिङ जोडीको रूपमा रहेका थिए ।
मेरिल अहिले ७४ वर्ष र गमर ७६ वर्षका भए । उमेर ढल्किँदै गर्दा जीवनसाथीको आवश्यकता झनै बढ्छ । तर पछिल्लो समय बुढ्यौलीमा सम्बन्ध विच्छेद गर्ने अर्थात् ‘सिल्भर सेपरेशन’को ट्रेन्ड बढ्न थालेपछि यसबारे साइकोलोजिकल रिसर्च र सर्वेक्षण बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण