गाजाका जनतालाई ‘अर्जेन्ट’ सन्देश जारी गर्दै के भन्यो इजरायली सेनाले ?
तेल अभिभ । इजरायल रक्षा बलले शनिबार उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूलाई तत्काल दक्षिणी गाजातर्फ जान आग्रह गर्दै आपतकालीन सन्देश जारी गरेको छ।
एक भिडियो सन्देशमा इजरायल रक्षा बलका प्रवक्ता डेनियल हगारीले भने, ‘गाजाका नागरिकहरू, ध्यानपूर्वक सुन्नुहोस्। यो इजरायली सेनाको तत्काल सैन्य सल्लाह हो। हामी तपाईंलाई अस्थायी रूपमा उत्तरी गाजा र गाजा शहर छोड्न र आफ्नो सुरक्षाको लागि तुरुन्तै दक्षिणी गाजामा जान आग्रह गर्दछौं। यो एक अस्थायी कदम हो र तीतो द्वन्द्व समाप्त भएपछि मात्र यहाँ फर्कन सम्भव हुनेछ।
‘हमासले विद्यालय, मस्जिद र अस्पताललगायत नागरिक क्षेत्रमा हतियार र विस्फोटक पदार्थ राखेर तपाईको जीवनलाई खतरामा पारेको छ,’ हगारीले भने, ‘हामासको खतरालाई सटीक र तीव्रताका साथ हटाउन यो कारबाही गरिएको हो।’
शुक्रबार रातिदेखि इजरायलले पूरै गाजा पट्टीमा अभूतपूर्व बमबारी गरेको छ र अब गाजा पट्टीका सञ्चार च्यानलहरू पनि ध्वस्त भएका कारण कुनै जानकारी आउन सकेको छैन ।
इजरायली सेनाले अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा बमबारी गर्न थालेपछि उत्तरी गाजाका बासिन्दाहरूलाई इलाका छाड्न चेतावनी दिँदै आएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ३ हजार बालबालिकासहित ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण