हिट फिल्म ‘गदर २’ को सिक्वेल निर्माण हुने
मुम्बई । सनी देओलको अभिनय करियरकै हिट तथा बलिउडको सबैभन्दा कमाउ फिल्म मध्यको एक ‘गदर २’ को अर्काे सिक्वेल ‘गदर ३’ निर्माण हुने भएको छ । फिल्मको नयाँ सिक्वेल निर्माणका लागि निर्माण युनिट जुटिसकेको छ ।
२००१ मा निर्माण ‘गदर’ को सिक्वेलको रुपमा ‘गदर २’ निर्माण भएको थियो । ‘गदर’ को पहिलो सिक्वेल २२ बर्षपछि निर्माण भएपनि दोस्रो सिक्वेल निर्माण भने छिट्टै ल्याउने निर्माण युनिटको तयारी छ । ‘गदर २’ ले भारतीय बक्स अफिसमा ५२५ करोड (भारु) कमाएको छ ।
‘प्रेम’ र ‘पठान’ पछि भारतमा धेरै कमाउने फिल्म ‘गदर २’ भएको छ । ‘गदर २’ को आम्दानी सनी देओलको स्टारडमको कारण भएको निर्माण युनिटको बुझाइछ । त्यसैले पनि उनीहरुले अर्काे सिक्वेल बनाउन लागेका हुन् ।
समाचारकाअनुसार ‘गदर ३’ को घोषणा २०२४ को सुरुवातमा हुनेछ । फिल्मको छायांकन ८ महिनापछि सुरु हुनेछ । फिल्मको रिलिज मिति २०२५ बताइएको छ । गदरको दुबै सिक्वेल अनिल शर्माले निर्देशन गरेका हुन् । यो सिक्वेलको पनि निर्देशन उनले नै गर्नेछन् ।
‘गदर २’ बुबा छोराको जर्नीको बिषयमा निर्माण भएको थियो । ‘गदर ३’ बुबाछोरोको बिषयमै बन्नेछ । फिल्मको मुख्य भूमिकामा सनी र अनिसा पटेलको अलवा नाना पाटेकर समेत देखिनेछन् । ‘गदर २’ की हिरोइन सिम्रत कौर पनि नयाँ सिक्वेलमा दोहोरीनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण