दसैँ अवधिमा उपत्यकामा १० ठाउँमा चोरी
काठमाडौँ । वडा दसैँको समयमा काठमाडौँ उपत्यकामा १० ठाउँमा चोरीका घटना भएका छन् । फूलपाती देखी कार्तिक १० सम्ममा १० ठाउँमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
चोरी र अन्य अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले ‘सुरक्षा योजना’ बनाएर लागु गरेका थिए । ‘सुरक्षा योजना’ छठसम्म लागु हुने एसएसपी मैनालीले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा दसैँको अवधिमा कुटपिटबाट एक जना र सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । झैझगडा र कुटपिटका कारण १३ जना घाइते भएका छन् । सवारी दुर्घटनामा परेर १०१ जना घाइते भए । फूलपातीपछि जुवा खेलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले ७ जना, ललितपुरले १३ जना र भक्तपुर प्रहरीले २ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
दसैँको अवधिमा धारिलो हतियार प्रहारका घटना २ वटा भए । धारिलो हतियार प्रहारबाट ३ जना घाइते भएका थिए । घटनामा संलग्नहरूबारे अनुसन्धान भइरहेको एसएसपी मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
सक्रिय राजनीतिबाट बिदा भए महरा
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण