पोखराको शान्ति स्तूपमा नगर बस दुर्घटना, ३ जनाको अवस्था गम्भीर
पोखरा । पोखराको पुम्दीभुम्दीस्थित शान्ति स्तूपमा नगर बस दुर्घटना भएको छ । ग १ ख ८५८५ नम्बरको नगर बस आइतबार दिउँसो दुर्घटना भएको हो ।
घाइतेहरुमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । कम्तीमा १२ जना यात्रु घाइते छन् । प्रत्यक्षदर्शीका अनुसार ३ जना घाइतेको अवस्था गम्भीर छ ।
‘ट्याक्सी, निजी कार जेमा भेट्यो त्यसैमा पठाएका छौँ,’ उद्धारमा खटिएका स्थानीय युवक लामिछानेले भने, ‘धेरैलाई हात र खुट्टामा चोट छ । तीन जनालाई अलि अवस्था गम्भीर थियो ।’ उनका अनुसार गाडीमा ३० जना भन्दा बढी सवार थिए । उनीहरूलाई पोखराका विभिन्न अस्पताल पठाइएको छ ।
कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम छ ।
उनले भने, ‘सबैलाई गाडीबाट निकालिएको छ । हतारमा उद्धार गरिएकोले केही गम्भीर हुनुहुन्छ भनिएको छ । अस्पताल पुगेपछि थाहा हुन्छ ।’ गाडी भीरबाट खसेर उत्तानो परेको थियो ।
अध्यावधिक गरिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
सक्रिय राजनीतिबाट बिदा भए महरा
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण